My Blogs
रामेछाप जिल्लाबाट एसएलसी परीक्षा २०६७ मा उत्कृष्ट तामाङ विद्यार्थीहरूलाई सम्मानित
Photo by Ramesh Tamang and Text by www.tamangsamaj.comरामेछाप जिल्लाबाट एसएलसी परीक्षा २०६७ मा उत्कृष्ट तामाङ विद्यार्थीहरूलाई सम्मानित

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट एसएलसी परीक्षा २०६७ मा उत्कृष्ट तामाङ विद्यार्थीहरूलाई सम्मानित गरेको छ । कात्तिक २६ गते काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा जिल्लाका सामुदायिक विद्यालय र देशभरका नीजि विद्यालयबाट उत्कृष्ट पाँच/पाँच जनालाई नगद पुरस्कारसहित सम्मानित गरिएको हो । जिल्लाको सामुदायिक विद्यालयतर्फउत्कृष्ट आङछिरिङ घिसिङले नगद पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरे । उनले श्री ज्योति माध्यमिक विद्यालय, गाल्पाबाट ७६.२५ प्रतिशत अङ्क ल्याई एसएलसी उत्तीर्ण गरेका थिए । सामुदायिक विद्यालयतर्फउत्कृष्ट पाँचमा पर्न सफल मिनाकुमारी घिसिङ, धर्मेन्द्र मोक्तान, विर्शना दोङ र धिरज लामालाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै नीजि विद्यालयबाट उत्कृष्ट बन्न सफल लक्ष्मी तामाङले पनि नगद पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । अरूणीमा उच्च मावि बौद्धबाट ९०.२५ अङ्क ल्याउन सफल उनी देशभरका तामाङ विद्यार्थीहरूमध्येबाटै छात्रातर्फउत्कृष्ट बनेकी छन् । नीजि विद्यालयबाट उत्कृष्ट पाँचमा परेका राकेश घिसिङ, विशन घिसिङ, शिसाङ ख्युङ्बा तामाङ र सरिता योञ्जनलाई पनि नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो । यस वर्षो 'टिचर आफ दि इयर' र 'स्कुल अफ दि इयर'बाट क्रमशः श्री बाल उच्च मावि, खनियापानीका शिक्षक मुक्तिनाथ श्रेष्ठ र श्री ज्योति माध्यमिक विद्यालय, गाल्पा सम्मानित भएका छन् । दुबै विधातर्फसम्मानितलाई नगद पाँच/पाँच हजार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व कानुन तथा न्याय मन्त्री भिमबहादुर तामाङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा तामाङ समुदायमा विभिन्न क्षेत्रबाट योगदान पुर्या"एका व्यक्तिहरूलाई 'टप सोसियल फिगर अनर' बाट सम्मानित गरियो । सम्मानित हुनेहरूमा वित्त व्यवसायी सि.वी. लामा, नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जन र शक्ति समूहकी चरीमाया तामाङ रहेका छन् । त्यसैगरी 'र्राईजिङ स्टार अनर' बाट इलामकी सुनिता तामाङ, कलाकार आशुसेन लामा र पत्रकार सुर्य मोक्तान सम्मानित भएका छन् । सम्मानित सुनिता तामाङ २०६७ सालमा प्रमाणपत्र तहमा शिक्षा सङ्कायबाट नेपालभरबाट सर्वोत्कृष्ट छात्राको रूपमा छनोट भई नेपाल सरकारबाट 'नेपाल छात्रा विद्याभूषण' प्राप्त गरेकी थिइन् ।
 
 
 
 
 
 
 
 
 
 
 
 


Posted Date : 17 November 2011 | Views : 438 | Comment : 1
Comments
binodmoktan - spain   Nov 19 2011
dherai dhari khusi lagyo bhai baheni haru bata ramro mark laye slc bata pass hune haru sampurna lai ma tamang spain bata hardik badhai 6 sadhai esari nai hamro tamang jati le education ma developed gardai gaya ma sure tamang jati le pani kehi gar6 bhanne malai lageko 6 haus ta fayafulla lasoo bye
Add Comments
Name
Email Address
Country
Comments
Please enter the string shown.
 
Other Blogs
Copy Right: Tamang Media Network 2011-2012,Email: tamangmedia.com@gmail.com